नेपाली गुण्डो
हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौं, बोक्रेपन नै गुण्डोको प्रधान लक्षण हो । उसलाई आफू सिंगारिनुभन्दा सृक्ष्म कला कहीं छैन । दुनियाँका नजरमा छाँटकाँट रङ्गले योग्यतामा दावा राख्दछ । ऊ भौतिकवादी छ । बाह्य आकर्षणले आकर्षित हुन्छ र बोक्रे नजरहरूलाई आकर्षण गर्दछ । 'म' जस्तो राम्रो उसलाई केही छैन । क दुनियाँमा आफ्नो विज्ञापन जाहेर गर्दछ । ऊ सामुसम्म पनि आउन सक्तैन । बस्तछ खोलमा नै । धाकी रङ्गहरू उसलाई प्यारा छन् । उ मानौं विजेताको छडी घुमाएर सडक नै शासन गर्दछ । मानौं उसको काम आफू सिंगारिनु र दुनियाँको काम उसको तारीफ गर्नु मात्र हो । प्रशंसाले उसको नाक फुल्दछ । पैसाभन्दा उसलाई ठूलो केही छैन । ऊ चार पैसा कमाउँछ तर चार सय खर्च गर्नको रवाफ अपरिचित नजरहरूअगाडि देखाउँछ । ऊ झगडामा पनि उत्तिकै अग्रसर छ र छक्का-पञ्जाका साङ्ग्रा चातुरीहरूलाई जीवन भन्दछ । उसका सुधारलाई संसारै छैन । उसका मुस्कानहरू पछाडि छरिरहेका हुन्छन् । ऊ डरलाग्दो जन्तु हुन्छ । उसलाई स्वार्थभन्दा मीठो ध्येय दुनियाँमा छैन । ऊ खालि छलले कमाउन, बलले मिच्नमा र देखाउनमा छ ।
उसलाई स्त्रीजातिको सतीत्व त्यत्तिको कदर गर्न लायकको छैन ।सौन्दर्यलाई आफ्नै भोगका निमित्त सम्झन्छ । उसको सिद्धान्तमा पवित्र दूधको दखल कट्टरको बोक्रेपन हो । ऊ छल हो र छकावटले छोपिएका कुराहरूलाई सत्य मान्दैन । दुनियाँको आँखा छल्न पाए भोलानाथ अन्धा भन्ने उसको सिद्धान्त छ । ऊ मासुको उपासक हो न कि आत्माको चाहनाको । समय मात्र उसलाई प्रेमको समय छ । ऊ पाशविक निरुत्तरदायित्वमा खालि आफ्ना मजा खोज्दछ र लहडमा जीवन बिगारिदिन्छ । ऊ खालि भमरो होइन, माखो हो । बिगार्नु र सपार्नु