This page has been proofread
साहित्यको फुटबल
(१)
[1]भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर
भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर ।
खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥
(२ )
खेल्न्यै हो अब खेल यो यदि भने चाँडो अगाडि सरी
ल्याऔँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।
हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्
भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस् ॥
- ↑ (यो कविता द्वितीय कविसम्मेलनमा पढिएको हो । -लेखक )