This page has been proofread
(१)
यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ?
मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो ।
लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन
आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ?
(२)
चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर
ज्योतिश्चक्र पनी मनुष्य पशु-झैँ स्वार्थी र अन्धो छ र ?
बन्छन् अन्ध सबै पर्यो यदि भने मेरो प्रभा भासुर
यस्मा के छ सबूत ? के भुलनुभो, सङ्ग्राम देवाऽसुर ?