This page has been proofread
पिञ्जराको प्यासा मैना
हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो
त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो ।
चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्याए पनि
भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी ॥