This page has been proofread
हिउँका दिन
(१)
मित्र हो ! हिउँका दिन आए
सूर्यले मधुर कान्ति फिँजाए ।
छैन काहिँ झरि बादल वर्षा
हर्षको छ सबमा अब वर्षा ॥
(२)
वेगसाथ बिजुली पनि भागी
त्यै महाघन-घटासँग लागी ।
इन्द्रनील मणि झैं अति जाती
देखियो गगनमण्डल माथि ॥