This page has been proofread
(१४)
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ॥
(१५)
मेटिँदैन कसैबाट आफनू कर्म-पद्धति ।
वनवासी बने राम चौधै भुवनका पति ।
(१६)
धर्म हो धीरको धैर्य राखनू दुःखजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ॥
(१७)
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चूसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ॥
(१८)
सङ्गले पनि जाँदैन दुष्टको दुष्टता रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ॥
(१९)
[1]मूर्खका मनमा अर्ती गाली-तुल्य बिझाउँछ ।
दुध पान गरी सर्प खाली विष बहाउँछ ॥
- ↑ (यो कविता पनि उहिल्यै समितिको पाठ्यपुस्तकमा छापिएको छ । -लेखक )