This page has been proofread
(७)
टपर्टुञ्या पनी हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित ॥
(८)
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ॥
(९)
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फाइदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ॥
(१०)
जे दिँदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नबर्सने मेघ उसैको हुन्छ घर्घर ॥
(११)
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदातक ॥
(१२)
गुणग्राही जहाँ छैन उहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ॥
(१३)
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गो देवता कहलाउँछ ॥