This page has been proofread
विवेक-वाटिकाको सानू फूल
[1]आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा
लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा ।
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला
नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥
- ↑ अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको ।