This page has been proofread
(८)
चुचो ठड्याईकन चट्ट मञ्जरी
ठुँगेर च्यापीकन देखिने गरी ।
फरक्क फर्कन्छ घरी पछिल्तिर
प्रसन्नता-साथ लतारि पुच्छर ॥
(९)
[1]न शीत बाधा, न त घामको डर
न बाग नङ्गा, न त वृष्टिको पिर ।
वसन्तको गौरवले गरीकन
खुशी छ साह्रै कलकण्ठको मन ॥
- ↑ यो कविता पनि धेरैअघि लेखिएको र नेभाप्र समितिको
स्थापना हुनासाथ पाठयपुस्तकमा छापिएको छ । -लेखक