Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/292

From Nepali Proofreaders
This page has not been proofread

(४)
पुष्पको लिइ अनन्त सुवास
मन्दमन्द बहँदो छ बतास ।
काटिनेछ सहजैसित पन्था
ओढने किन सुती अब कन्था ??

(५)
कुम्भकर्ण सरि भैकन पाऊ
तानि व्यर्थ यसरी ननिदाऊ ।
सार्थ हुन्न यसले नरचोला
मित्रवर्ग ! पछितो पछि होला ॥

(६)
हेर हामिहरु आज निँदैमा
मस्त भैकन यसै घुरदैमा ।
व्योम-मण्डल भयो झलमल्ल
पर्दछौँ किन वृथा अलमल्ल ॥

(७)
गाउँदो छ दुनियाँ कुन राग ?
कान खोलि सुन त्यो उठ जाग ।
नेत्र छोपि यसरी कतिसम्म
मित्रवर्ग ! परने अझ गम्म ??