Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/291

From Nepali Proofreaders
This page has not been proofread
बूढा बढुवाको प्रातःकालीन गन्थन

(१)
छैन लोक भरमा तम कालो
भैशकेछ झलमल्ल उज्यालो ।
मित्रवर्ग ! उठ लोचन खोल
रङ्ग हेर रविको अनमोल ॥

(२)
च्याउँच्याउँ गरदै चिडियाले
राग सुन्दर सुनाउन थाले ।
छैन हामिकन त्यो सब थाह
नीँदले गरि-शकेछ तबाह ॥

(३)
एकनास दुनियाँभर खास
भैसकेछ मृदु कान्ति-विकास ।
मित्र ! व्यर्थ यसरी मुख छोपी
दोषको पहिरने किन टोपी ??