Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/285

From Nepali Proofreaders
This page has not been proofread

(१६)
त्यै घर, तेही घरका व्यक्ति,
त्यै पिँजरामा क्रमसित भक्ति ।
बढदैबढदै आयो मेरो
अरु सब बिर्सेँ सेरोफेरो ॥

(१७)
शनैः शनै: सब फिर्यो जमाना
जर्जरताले मार्यो ताना ।
शिथिल भयो जब बोल्ने शक्ति
अनि पछि पाएँ बन्धन-मुक्ति ॥

(१८)
धन्य दयालू मानुष-जाति
धन्य विवेकी तेरो छाती ।
जसले गर्दा प्राण-भिखारी
बिचरो म भएँ वारी न पारि ॥

(१९)
कुन त्यो त्यस्तो जन्मोत्सव हो ?
कुन त्यो अद्भुत करुणा-द्रव हो ?
जसले मरणाऽऽसन्न मलाई
यस हालतमा फाल्यो हाई !!