Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/284

From Nepali Proofreaders
This page has not been proofread

(१२)
लहै लहैमा उच्च स्वरले
भक्ति न श्रद्धा खाली करले ।
बोलेँ कहिले आत्माराम !
कहिले पशुपति ! राधे-श्याम ॥

(१३)
पयर पखेटा सब कुँजिनाले
नसानसामा दर्द हुनाले ।
कैदी म थिएँ एकै डल्लो
जीवन लाग्थ्यो अतिशय खल्लो ॥

(१४)
उस वयमा त्यो बन्धन हाली
अब यस वयमा बाहिर फाली ।
दैव ! तँ हेर्छस्‌ अझ कुन रमिता ?
किन यति गाह्रो तेरो कविता ??

(१५)
त्यसरि तपस्या गर्दागर्दा
दिन, ऋतु, महिना निक्कै फिर्दा ।
दर्द मथर भो स्थिरता आयो
त्यै पिँजरामा ममता छायो ॥