Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/283

From Nepali Proofreaders
This page has not been proofread

(८)
अति कुँजिएका बस्ता बस्ता
कत्ति न फुक्ने कैँचीजस्ता ।
उभय पखेटा केवल भार
दुर्विधिको यो कत्रो मार ??

(९)
यही गगन हो यही पवन हो,
यै सब मैले खेल्ने वन हो ।
तर अब योसित मेरो नाता
के छ र ? ल्याइस्‌ हाय ! विधाता !!

(१०)
बिर्सी खगको वाङ्मय धारा
नरको बोली बोल्दा सारा ।
जनम जवानी फालेँ मैले
तर यो बुझने कसले ऐले ??

(११)
जबतक बोली टिप्न म सक्थेँ
भने बमोजिम सबकुछ बक्थेँ ।
तबतक सारा गद्‌गद हुन्थे
धन्य छ हाम्रो तोता भन्थे ॥