This page has not been proofread
(४०)
कोही कटिमा पटुका बाँधोस्
कोही शिरमा फेटा बाँधोस् ।
कोही भाङ्रा गादोस् खालि
वास्तव हामी सब नेपाली ॥
(४१)
चाहे घोकौँ चण्डी गीता
चाहे प्रापारमीता ।
घार्मिक मतको भेद छ खालि
वास्तव हामी सब नेपाली ॥
(४२)
लड्दा उनको शक्ति लिएर
दूर काँगडासम्म गएर ।
बोल्थ्यौँ जय जय गोरख-काली !
थियौँ यशस्वी सब नेपाली ॥
(४३)
उस वेलाको राष्ट्र-विधाता
गोर्खाऽधिपको लाग्दा नाता ।
पाएका हौँ पद गोर्खाली
वास्तव हामी सब नेपाली ॥