Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/256

From Nepali Proofreaders
This page has not been proofread

(४४)
रहन-सहन वा भाषा-भेष
फरक भए तापनि यो देश ।
सबको प्यारो मङ्गल माली
यसको जनता सब नेपाली ॥

(४५)
भिन्नै होस्‌ त्यो हावा-पानी
भिन्नै होस्‌ यो आनी-बानी ।
भिन्नै होस्‌ त्यो बोली-चाली
तैपनि हामी सब नेपाली ॥

(४६)
चाहे खुकुरी खड्ग जगाऊ
चाहे बन्दुक तोप दगाऊ ।
चाहे लेऊ भाला खालि
वास्तव हामी सब नेपाली ॥

(४७)
जसका कुलको जस्तो धर्म
त्यै माफिकको त्यसको कर्म ।
छैन कसैको निन्दा गाली
वास्तव हामी सब नेपाली ॥