This page has not been proofread
(३६)
खोच, घाँच, वा टार, कछाड,
थूम, तराई, लेक पहाड ।
सबतिर रहने भुजबल-शाली
वीर लडाकू सब नेपाली ॥
(३७)
म छु मधेसे तिनि लेकाली
तिमि छौ जुम्ली, उनी पाल्पाली ।
प्रान्त-विनिर्मित भेद निकाली
हेर्दा हामी सब नेपाली ॥
(३८)
एक बगैँचा, लाखन-भाँति
ढकमक फुलका भेद र जाति ।
तिनको रक्षक राजा माली
एक छ, हामी सब नेपाली ॥
(३९)
मनमा सल्लो साल गुहेँली
थरिथरि रुखहरु छुनुमुनु खेली ।
साथ रहन्छन् जात नफाली
हामी करोडौँ सब नेपाली ॥