Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/253

From Nepali Proofreaders
This page has not been proofread

(३२)
तृष्णा अन्धो, लाल्चा धमिलो
लोभ छ मुटुमा चिलने कमिलो ।
जसले हाम्रो वन-धन जम्बा
पहिल्यै ज्यादा गर्यो बिकम्बा ॥

(३३)
तीन किसिमको हावा-पानी
तीन किसिमको आनी-बानी ।
तीन किसिमको शक्ति-विचार
राष्ट्र छ तरु एक अपार ॥

(३४)
यो हो हाम्रो प्रिय नेपाल
प्रमुख पहाडी राष्ट्र विशाल ।
यसमा रहने भुजबल-शाली
वास्तव हामी सब नेपाली ॥

(३५)
जन्म जहाँको जाति वहाँको
वास जहाँको भास वहाँको ।
ठाम मात्रको भेद छ खालि
राष्ट्र-दृष्टिमा सब नेपाली ॥