This page has not been proofread
(२८)
शिरमा गौछा कटिमा धोती
थोरै श्रममा धेरै मोती ।
देहातीको जीवन-सार
असली जो छन् उनकै हार ॥
(२९)
साँघु, डुङ्गा, रास्ता पक्की
बाँध पैनको नयाँ तरक्की ।
क्यै नहुनाले सब देहाती
बखतबखतमा पिट्छन् छाती ॥
(३०)
यसमा केही काल अगाडि
थियो भयङ्कर जङ्गल झाडी ।
बढ्दै आयो पछि आबादी
वन दिन थाल्यो मृत्यु-समाधि ॥
(३१)
चौबर बढ्दा कृषिको भन्दा
लकडी बिक्री गर्ने धन्दा ।
वनमा ज्यादा घुमे कुठार
नाम मात्र भो कृषि-विस्तार ॥