Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/251

From Nepali Proofreaders
This page has not been proofread

(२४)
यो छ मटीलो भाग मधेश
यसमा उबजा हुन्छ विशेष ।
राष्ट्रकोषको पोषण पूर्ति
गर्छ सदा यो मङ्गल मूर्ति ॥

(२५)
ग्रीष्मकालको गरमी बढ्दा
नील गगनमा मेघ नचढ्दा ।
रोम कूपका खोली द्वार
सलसल बग्छन मुक्ताहार ॥

(२६)
सब देहाती चातक बन्छन्‌
कुन यो तातो पातक ! भन्छन्‌ ।
तर वर्षाको शीतल आशा
पलपल दिलमा दिन्छ दिलासा ॥

(२७)
यसमा पनि छन्‌ धेरै जाति
भेष र भाषा सब देहाती ।
न त त्यो हिन्दी न त नेपाली
सकल गंँवैया बोली-चाली ॥