Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/248

From Nepali Proofreaders
This page has not been proofread

(१२)
हिमको वनमा शुद्ध पवनमा
सानू गद्‌गद भैकन मनमा ।
प्रकृति निरन्तर चहचह गर्छे
कृत्रिम जुगतिर आँखा तर्छे ॥

(१३)
शिरको शोभा त्यसमा बेस
मृदुल पैतला-तुल्य मधेश ।
मेरुदण्ड झैँ बिचको खण्ड
दिन्छ दुवैतिर जोड अखण्ड ॥

(१४)
अहिल्यै हिमगिरिबाट छुटेका
खण्डखण्ड भै टम्म जुटेका ।
उपपर्वतमा जीवन धारी
लाखन झुप्रे गाम तयारी ॥

(१५)
तिनमा रहने धेरै जाति
किन्तु काममा एकै छाती ।
धान, मकै, जौ, गहुँ, भटमास-
प्राकृत सबको खेती खास ॥