Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/247

From Nepali Proofreaders
This page has not been proofread

(८)
उज्ज्वल लम्बा हिमको काँठो
बहुधा बादल हिँड्ने बाटो ।
त्यस बाटाको तल्लो भेक
विकट भोट वा ठन्डा लेक ॥

(९)
असी वर्षतक पूर्ण जवानी
कायम राख्ने हावा पानी ।
तर त्यो खपने बिरलै हुन्छन्‌
जुन लेकाली खास भनिन्छन्‌ ॥

(१०)
हिमका अद्भुत बुटी निकाली
च्याङ्ग्रा भेडा चम्री पाली ।
जीवन-यापन गर्ने क्रम छ
खेती-पाती बहुतै कम छ ॥

(११)
न सभ्यताको कृत्रिम छाप
न ठगी, झगडा चुक्ली-पाप ।
हट्टा-कट्टा भोला-भाला
सबको जीवन-पन्थ निराला ॥