Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/246

From Nepali Proofreaders
This page has not been proofread

(४)
सर्प बराबर कुटिलाऽऽकार
विविध नदीका उज्ज्वल हार ।
देख्दा यसको वक्षस्थलमा
खुशिको नचरी लाग्दछ दिलमा ॥

(५)
पर्वत-माला पत्रै पत्र
परी जमेका प्रबल पवित्र ।
हिमगिरि-तटको देश छ हाम्रो
सबको प्यारो सबको राम्रो ॥

(६)
शीतल हिमको स्वच्छ निथार
बग्दा लिइकन लाखन धार ।
जो जति छाँगा, छहरा पर्छन्‌
तिनले अद्भुत सुषमा भर्छन्‌ ॥

(७)
खहरे, खोल्चा, डन्डुर छहरा
काला चुचुरे लेक र पहरा ।
प्रकृति-विनिर्मित शिल्प अनेक
देख्दा दिलमा लाग्छ उदेक ॥