Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/245

From Nepali Proofreaders
This page has not been proofread
नेपाल र नेपाली

(१)
उत्तर हिमगिरि मुकुट समान
दक्षिण सीमा हिन्दुस्थान ।
पूर्व र पश्चिम मेची काली
नदी बगेको सीमा पाली ॥

(२)
यस चौखुटको भित्र विशाल
देश छ हाम्रो प्रिय नेपाल ।
बल, साहसमा जसको नाम
लिन्छ खुशीले विश्व तमाम ॥

(३)
डाँडा, चुचुरा, खाँच, पखेरा,
टार तराई-प्रभृति घनेरा ।
अङ्गभङ्ग छन्‌ यसका राम्रा
जीवन-पोषक आश्रय हाम्रा ॥