This page has not been proofread
(८)
परागमा लट्पटिँदै सुनौला
बनेर अभ्यागत भृङ्ग नौला ।
झुल्दा र बोल्दा मकरन्दमाथि
हुनेछ आनन्द-विभोर छाती ॥
(९)
के देवता के सरताज राजा
के भीखमङ्गा सबको तँ साजा ।
सुवास लिन्छन् सबले समान
कस्ले नगर्ला गुणकीर्ति-गान ॥
(१०)
संसारमा आज कुनै विशेष
परोपकारी प्रिय वस्तु शेष ।
भेटिन्छ वा मिल्छ भने तँ भिन्न
अर्को कसैको पनि नाम लिन्न ॥