Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/225

From Nepali Proofreaders
This page has not been proofread

(४)
सौन्दर्य शोभा मृदुता सुवास
गर्दै छ तेरो सब गुप्त-वास ।
अवश्य त्यस्तो दिन आउनेछ
जो त्यो सबै बाहिर ल्याउनेछ ॥

(५)
समाधिमा मग्न कुनै महात्मा-
समान तेरो अहिले छ आत्मा ।
आए पछी उज्ज्वल सिद्धिवेला
त्यस्मा नहोला कुन भक्त भेला ॥

(६)
ए कोपिला ! कोकिल-गानसाथ
सञ्जीवनीतुल्य वसन्त-वात ।
भन्छु म चाँडो अब सन्सनाओस्‌
मुस्कान तेरो मुखमा उदाओस्‌ ॥

(७)
मुहार तेरो ढकमक्क सारा
पक्रेर बग्दा मकरन्द-धारा ।
संसार सौन्दर्य-सुवास-वश्य
झुक्नेछ तेरा पदमा अवश्य ॥