Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/224

From Nepali Proofreaders
This page has not been proofread
कोपिलालाई आश्वासन

(१)
तँ कोपिला त्यो मुख बन्द तेरो
तँलाई देख्दा मन घुम्छ मेरो ।
ऐले छ त्यो संयमको अवस्था
जस्बाट मिल्नेछ पछी सुबिस्ता ॥

(२)
राखी कडा संयम धैर्य भित्र
साधिन्छ जो काम पछी पवित्र ।
त्यो हुन्छ लोकोत्तर शान्तिवर्षी
जो गर्दथे सिद्ध ठुला महर्षि ॥

(३)
तेरो पनी हालत त्यै छ आज
देख्दै छ त्यो हालत यो समाज ।
वसन्त पर्खी, तँ न हो निराश
निराशतामा छ ठुलो विनाश ॥