This page has not been proofread
(१६)
साक्षात् आफैँ काल खडा भै शिरमाथि
लाखौँ एकैचोटि लगाए पनि ताली ।
आत्मा वज्र-स्तम्भ समानै स्थिर पारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(१७)
लागी लाखौँ अद्भुत गोला गडर्याम्म
लोटून् आफैँनेर करोडौँ जन झ्याम्म ।
तत्कालैमा ती सब मुर्दा पर सारी
कर्तव्यैमा हुन्छ खडा त्यो धृतिधारी ॥
(१८)
बाह्रैओटा सूर्य कराल धृतिधारी
निस्कून् एकैपल्ट जगत्को क्षयकारी ।
भित्री आत्मा तैपनि कत्ती नबिगारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(१९)
चाहे पल्टोस् उच्च सुवर्णाऽऽचल सारा
चाहे उल्टोस् निश्चलमूर्ती धुव तारा ।
आँखा खोली दुर्घटना त्यो ननिहारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥