Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/210

From Nepali Proofreaders
This page has not been proofread
धीर

(१)
चाहे लक्ष्मी वैरिन थालून्‌ परबाट
चाहे स्वेच्छा माफिक भागून्‌ घरबाट ।
बोझ हर्ष ग्लानि दुवैको पर सारी
कर्तव्यैमा हुन्छ बढेको धृतिधारी ॥

(२)
चाहे कोही नित्य बगाऊन्‌ स्तुति-धारा
चाहे गाऊन्‌ केवल निन्दाकन सारा ।
भित्री प्रज्ञा ज्योति दुवैमा नबिगारी
कर्तव्यैमा हुन्छ बढेको धृतिधारी ॥

(३)
शङ्का, सुर्ता, हर्ष, अमर्ष, स्तुति, निन्दा
लज्जा, त्रास, ग्लानि, विलासाऽऽदिन फन्दा ।
तोडी सारा निर्भय पारी मन भारी
कर्तव्यैमा हुन्छ बढेको धृतिधारी ॥