Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/209

From Nepali Proofreaders
This page has not been proofread
पतित-पावनी गङ्गाजीको झाँकी

(१)
ठाडै कैलासदेखि दुततर गतिले गड्गडाएर झर्दी
झर्दा श्री शङ्करैको गल-गलित ठुलो सर्प झै सल्ल पर्दी ।
लाखौं चट्टान चिर्दी, विकट गिरिशिला कन्दरा चूर्ण गर्दी
घुम्दै नाची दगुर्दी, श्रवण-विवरमा दिव्य सङ्गीत भर्दी ॥

(२)
आमा ! भन्दै झरेका सकल गिरिनदी काखमा टप्प धर्दी
छर्दी पीयुष जस्ता जलकण लहरी-हस्तले, मस्त पर्दी ।
कालो बर्दी-सरीको कलिमल मनको ध्वस्त पारेर हर्दी
गङ्गामा भुक्ति-मुक्ती दुई दिदि-बहिनी नित्य खेल्छन्‌ कपर्दी ॥