This page has not been proofread
परशुरामको द्रोणाऽऽचार्यसँग उक्ति
(सम्पूर्ण पृथ्वी ऋषिवर्गलाई दान दिएर त्यागी बनेका परशुरामका अगाडि धनको इच्छाले उपस्थित भएका द्रोणाचार्यलाई देखेर परशुराम भन्नुहुन्छ- )
(१)
दानी छ राम भनि नाम सुनेर आयौ
हे विप्रवर्य ! तर केवल दुःख पायौ ।
मौका गयो, पछि भयौ, अब आज हाय !
तिम्रो गरूँ म कसरी धनले सहाय ??
(२)
सीदत्कुटुम्ब तिमि छौ, तिमिमाथि भारी
दारिद्र्यको पिर छ घोर अनर्थकारी ।
देखिन्छ साफ सब यो अनुहारबाट
देखेर हुन्छ तर के म फकीरबाट ॥