This page has not been proofread
(३)
ऐश्वर्य बाहुबलले अघि जो कमाएँ
त्यो कश्यपाऽऽदि ऋषिलाई दिएर आएँ ।
विप्रेन्द्र ! एक दमडी पनि छैन पास
दारिद्र्यको गरिदिऊँ कसरी विनाश ??
(४)
अर्थी, अकिञ्चन, अनाथ तिमी-समान
सत्पात्रलाई दिन पाइनँ केहि दान ।
यै बातले बहुत आज चिरिन्छ छाती
दिग्दारिको लहर चल्दछ भाँतिभाँति ॥
(५)
सम्पत्तिमा मसित देशसिवाय छैन
तेसै बिदा यदि गरूँ मन मानदैन ।
शास्त्रास्त्रको बरु म दिन्छु समस्त शिक्षा
यै भो तिमीकन जनम्भरलाई भिक्षा ॥