This page has not been proofread
(१२)
नेपालका सन्तति हामि कोटि
यै कामको खातिर एक चोटि ।
भयौँ भने तत्पर एक-साथ
निस्कन्छ अर्कै जुगको प्रभात ॥
(१३)
मुक्ताऽऽवली झैँ पदयोजना होस्
माधुर्य भित्री तहमा घना होस् ।
सुन्दा र भन्दा रसिलोपनाको
प्रकाश झल्कोस् कवि-कल्पनाको ॥
(१४)
भाषा छ यो कल्पलता-समान
साहित्य जो उज्ज्वल पुष्प जान ।
जो गर्छ त्यस्ले मतिको विकास
स्वर्गीय त्यै हो फुलको सुवास ॥
(१५)
यो कल्पवल्ली बिच कल्पनाको
प्रभावले पुष्प कुवासनाको ।
निस्क्यो भने त्यो पर गर्नुपर्छ
सुपुष्पको आदर गर्नुपर्छ ॥