This page has not been proofread
(८)
हिमालको स्वच्छ उपत्यकामा
जो खेल्छ ठण्डा हिमको हवामा ।
त्यो राष्ट्रभाषा बलियो नहोला
भन्ने जगत्मा कुन मूर्ख होला ??
(९)
यस्लाई हुर्काउनका निमित्त
जो भानुभक्ताऽऽदि थिए प्रवृत्त ।
पवित्र तेही तिनको प्रयास
प्रकाशमा आज खडा छ खास ॥
(१०)
विशुद्ध नैसर्गिकता नमारी
नचाहिँदो नक्कल दूर सारी ।
त्यै रूप-रेखाहरुमा विशेष
सौन्दर्य भर्दै गर भन्छ देश ॥
(११)
नवीन विच्छित्ति-विशेष-शाली
पाश्चात्य क्यै रङ्गसमेत हाली ।
यस्लाई सर्वोत्तम गर्नुपर्छ
जस्बाट कर्णाऽमृत सर्र गर्छ ॥