Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/194

From Nepali Proofreaders
This page has not been proofread

(४)
यो फूर्तिलो बालक राष्ट्रभाषा
लिएर लाखौँथरि भित्र आशा ।
हर्दो छ प्यारा कविको मुहार
चाहन्छ तीखो कलमी विचार ॥

(५)
त्यो चाह-माथी समयाऽऽनुसार
शनैः शनैः पूर्ण गरी सुधार ।
साहित्यको सिर्जनमा नलागे
यो राष्ट्रभाषा रहँदैन आगे ॥

(६)
कैशोर यस्को छ उमेर खास
कमै छ माधुर्य-कला विलास ।
सुडोल छन्‌ अङ्ग परन्तु साना
चाहन्छ यो पौष्टिक तत्त्व नाना ॥

(७)
शैथिल्य, भद्दापन दोष फाली
कुनै कडा बन्धनमा नहाली ।
यस्लाई पारौँ परिपुष्ट राम्रो
कल्याण यस्मा छ अनन्त हाम्रो ॥