Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/193

From Nepali Proofreaders
This page has not been proofread
राष्ट्रभाषाको भविष्यउपर एक दृष्टि

(१)
राज्य-व्यवस्था-विधि वा विधान
रहन्छ जस्मा लिपि-लिख्यमान ।
बोलिन्छ चारैतिर जो विशेष
त्यै राष्ट्रभाषाकन मान्छ देश ॥

(२)
धेरै जनाले प्रिय मानिएको
जो राष्ट्रभाषा छ चलीरहेको ।
यस्मा छ जातीय महत्त्व हाम्रो
प्रचार यस्कै हुनुपर्छ राम्रो ॥

(३)
प्रचारका साथ शनैः सुधार
सुधारमा नैतिकता-विचार ।
विचारमा जागृति जग्मगाओस्‌
परन्तु उच्छृङ्खलता नआओस् ॥