This page has not been proofread
(९)
चढ्यो चढनुसम्म यो अ-तनु-वेधको[1] वैभव
खडा छ पिँजडाविषे फगत हंस मात्रै अब ।
म देखदिन खेचरी[2] हुन बिलम्ब कत्ती पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
(१०)
निरञ्जन,[3] निरीह,[4] निर्मय,[5] नितान्त,[6] निर्लेप,[7] यो
स्वरुपकन देखदा तन सशङ्क मेरो भयो ।
दया गर अलीकती, बुझिन मर्म कत्ती पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥