Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/183

From Nepali Proofreaders
This page has not been proofread

(६)
जिऊ सब शुकी-शक्यो, पलक लाउँदीनौ रति
कुनै विषयमा पनि सुमुखि ! छैन भन्छ्यौ मति ।
असम्भव छ के अहो !! अब-लयै[1] हुनमा पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(७)
घडी तिमि लगाउँछ्यौ फगत दृष्टि नाडीतिर
घडी विविधचक्रको विषय-तर्फ दिन्छ्यौ सुर ।
विचारकन गर्दछ्यौ बहुत कुण्डलीको[2] पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(८)
घुमाई मनमा सदा प्रण-वलाइ[3] बेसरी
निरन्तर-र-त-रङ्गको[4] मधुर तान एकै घरी ।
मुनि-व्रत लिँदालिँदै शुकिशक्यो सबै जवानी
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

  1. बालाशून्य हुनामा र लय हुनामा ।
  2. जन्मपत्री र कुण्डलीशक्ति ।
  3. प्रण-वलाइः प्रणको बलाई र ॐकार ।
  4. कहिल्यै नसकिने विषयभोगको रङ्ग र लगातार आत्मसाक्षात्कारको धमीठोतरङ्गविषयक ।