This page has not been proofread
(७)
भुलमा अपराध त्यो गरेँ
तर आई फिर पाउमा परेँ ।
खलको भुलमा क्षमा गर
तिमि छैनौ म-समान निठ्ठुर ॥
(८)
तिमिले नगरे ममा क्षमा
म अभागी सबका समक्षमा ।
जिउँदै उस नर्कमा गएँ
जसमा देवि ! नजन्मँदै थिएँ ॥
(९)
जगदीश्वरका अघिल्तिर
तिमि हामी सब छौँ बराबर ।
नबुझी तर यो सहोदर-
भगिनी-घात गरेँ सरासर ॥
(१०)
जुन घातक हात हुन् उनै
अब तिम्रा पदमा शनैः शनैः ।
प्रणिपात गरी क्षमा लिन
अघि सारेँ भयभीत भैकन ॥