This page has not been proofread
(३)
तमले सब छोपदा मन
अभिमानी म जयन्ति ! त्यो दिन ।
जुन राक्षसभावमा थिएँ
उसलाई अब बिर्सँदै गएँ ॥
(४)
अघिको न विरोध क्यै थियो
न त तिम्रो अपराध नै थियो ।
कसरी म बनेँ अकारण ?
नलिनीमा मदमत्त वारण ॥
(५)
यस घोर कुकर्मले गरी
म कुकर्मी कुन नर्कमा परी |
कुहुने कसरी ? कहाँतक ?
टरनेछैन अवश्य पातक ॥
(६)
कलिली अबला कठै ! तिमी
वनमा आफुखुशी घुमी घुमी ।
रहने बिचरी चरी-सरि
म शिकारी शठ पाप-पोखरी ॥