Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/136

From Nepali Proofreaders
This page has been proofread
सत्य-सन्देश

जस्तो मानी धनीका नगिच हरघडी टप्प जोडेर हात
छाती खोलेर गर्छौ हृदय बुझी सदा नम्रता-साथ बात ।
दुःखीका साथ उस्तै विनयसित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरि व्रत, जप, तपले स्वर्गको मोलतोल ॥