This page has been proofread
(१२)
पोलने विकट भानु हराए
शान्त शीतकर बल्ल उदाए ।
भन्दछे मनमनै स्मृतिहीना
चक्रवाक-वनिता अति-दीना ॥
(१३)
[1]निष्प्रपञ्च प्रलयाऽऽकृति-धारी
नीदको जटिल जाल उघारी ।
फेरि कर्मपथमा दुनियाँले
सुस्त सुस्त पद राखन थाले ॥
- ↑ यो कविता क्रियामा हलन्त नगर्ने नियम भएको वेलामा नेपाली क्लासमा पढ्ने बालकहरूका निमित्त लेखिएको हो । -लेखक