Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/137

From Nepali Proofreaders
This page has been proofread
पिँजराको सुगा

(१)
बालक बबुरो द्विज शुकनामा
हूँ, म परेको छू पिँजरामा ।
मकन हरे ! शिव ! शान्ति र चैन
सपनाबिच पनि रतिभर छैन ।

(२)
मेरा बान्धव बाबु र आमा
बस्छन्‌ वनका एक कुनामा ।
कोसित पोखूँ मनको ताप
गरदै पिँजराबाट विलाप ॥

(३)
आँसु बगाई कहिले रुन्छु
कहिले मुर्दा-तुल्य म हुन्छु ।
कहिले पागल सरि उफ्रन्छु
केवल वनका सुख सम्झन्छु ॥