This page has been proofread
(८)
लाल पङ्कज फुल्यो ढकमक्क
खुम्चियो कुमुदचाहिँ टपक्क ।
लोकमा उदय वा सुख चैन
एकनास कहिल्यै रहँदैन ॥
(९)
गोप-वर्ण दधिमन्थन-कारी
नेति पक्रिकन पाउ पसारी ।
मान्थदण्डकन तान्दछ भारी-
शब्दले जलदको भ्रम पारी ॥
(१०)
काखिमा जल लिन घटधारी
मन्द मन्द गरदै गफ भारी ।
पानि-घाटतिर जान तयारी
देखिए सरस नागर नारी ॥
(११)
भस्म, दर्भ, तिल, जौ, फुल-पाती
पात्र, चर्म, सब ली बहुभाँति ।
ब्रामणाऽदिक बसे दृढचित्त
घाटमा नियत-कृत्य-निमित्त ॥