अघिल्लो जनममा बाघिनी थिइन् कि भालुनी, कुन्नी ?"
सासू–बुहारीको कथा घरेलु दैनिक उपन्यासको रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण गर्दा यौनभावको प्रतियोगितामा आखिरी बैठान बसाएका छन् । बिनाछोराकी बुहारी घरकी कसिङ्गर देखिन्छे… विधवा, होस् या सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गरिदिन्छ; तर सब सासूहरू खहरे भएर गड्कन्छन् त्यस बेला जुन बेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी… भावना शायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस बेला देवरानी, ज्येठानीका बलले समेत सासूको सम्राज्यधिकारको दावा पोषण गर्न थाल्दछन् ।
चम्पालाई घर टिकिसक्नुको भएन । "कस्तो घर ! कुरा फाँड्या छन् फाँड्या छन् । कस्ता सुवासिनीमान्छेहरु छिः … एउटा बाजे आँखामा हाले पनि नबिझाउँनेजस्ता नभा भे त भो !"
चम्पाको जीवनस्वप्न, स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन, एक भरोस । बैंस गुनकेशरी, लाहुरे, सुनगाभाझैँ फुल्यो । तर केको लागि ? रुन, च्याँट्ठिन, बोक्सी लाग्छ, बुहार्तन खान ।
"जीवन भन्या खै ?" उनले विचार गर्न थालिन्— "खै जीवन ? के छानामनि बास गर्नु चिथरसान् र कोपरसन्को नाम जीवन हो ? हामी किन जन्म्यौँ ?" चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्वहरु अझ प्राम्भरिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, बिचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्तिझैँ आफूउपरका नियन्त्रित अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोन्थ्यो, जो हामीहरू अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तरहृदयमा राख्तछन् । यो सहानुभूतिहीन घरेलु जीवन ? बोकाबाख्राहरू साथसाथ राखिँदा मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेषता छैन ?…
चिमट, विष छदाइ, कोट्याइ, हलेदा कोट्याइ, छेड, रुवाइ,