Jump to content

Page:Champa.pdf/32

From Nepali Proofreaders
This page has been proofread

यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के… रामकान्तलाई सिन्दूरे जात्र गरेर घर भित्र्याए । ठूलो भाग्यले छोरो बाँच्यो भन्ने ठूलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा जोड दिएको थियो ।

रामकान्त गजबसँग मोटाएका थिए । खुब लाललाल गाला हालेका थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको थियो । अब सबको मुटु ढुक्क थियो – रामकान्त बाँच्यो ।

एक हप्ताबाट रामकान्त साथीभाइकहाँ जानु, डुलाडाल गर्नु, हँस्सीठट्टामा भाग लिनु सब चीज गर्न लागे ।

बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन तापनि उनलाई बराबर आउने-जाने कुरामा ज्यादा रोकावट राखिएको थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँनीका आँखा देख्थे । तर उनले च्वाट्ट मुख फोर्न सकिनन्– छोराको डरले । बुहारी चम्पालाई होशियारी मात्र दिएकी थिइन् – त्यस्तै छोरालाई पनि तर रामकान्त आफैँ बराबर काम अर्‍हाउन बोलाउँथे ।

विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस आत्मप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन खोज्दथ्यो । प्रेमबिनाको पतिलाई नाटकीय नमूना बनाएर सिनेमा खेल्न चाहन्थ्यो । फिल्मस्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो । ऋषिमुनि मशीहाले "ह्या" भनिदिँदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुम्चिन्छन् । प्रेमदेखि डराउँछन् र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिरी नाटकीय आश्रयको मात्र आधार लिन्छन् । तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टारी आकाङ्क्षाको पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको नाटकीय रङ्ग पाएर सन्तोष लिने कोशिश गर्छन् ।

वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने, "कीचक ! तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई । के विघ्न सप्रेकी ! हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?"

चम्पा, "कीचक किन मर्जी भा होला ? राम्रो नाम पनि नभा