७
शरिर छ अति कच्चा अन्न-जलूले रहयाको
विनति कति गरूँ यो देहमा जो भयाको ।
बहुत फजिति पाताँ रोगले ग्रस्त पारी
शरिर हुन गयो ठिक् पूर्व झैँ फेरि भारी ॥
व्यधैंमा म कुमारिचोक थुनिजा वारी बिरामी भई
आयाध्याँ घरमा बिराम् अति बढ्यो ठूलो विपत्ती सही,
काटथाँ दिन् अव सञ्च भो अझ पनी थुञ्छन् त मेरो गती,
आर्को छैन दया रहोस् हजुरको मेरा त ख्वामित् पती ॥
८
साँचा हुन् जति लेखिया सव कुरा आफ्नू व्यहोरा दरी,
ई कूरा त अह्गन् सवाल रितले सेस्ता प्रमाणूले गरी ।
साबीतै ठहरेन पो पनि भन्या यस्मा अइन्मा जती,
तोक्याको छ गुना हजार तिसुँला राख्वैन एकदाम् रती ॥
यसभन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दशी छन् सही,
श्रोता साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहीँ ।
गर्न्या छैन उजुर् गरन्याँ पनि भन्या झुट्टा गराईदिनू
सरकारमा इजहार् दिजा खुसि भई यो झेल् कसोरी छिन् ॥
९
न मृत्यु टर्न्या हो यसरि झगडामा अघि सरी,
न कोटिनूको मालिक हुनु छ घरमा दौलथ भरी ।
बिहक्मा दिन् जान्छन् तब मन बुझाजउँ म कसरी,
कृपा राखी ख्वामित् अब छिनिदिनोस् हुन्छ जसरी ॥
१०
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली ।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
११
असल् मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो
कि ता सेता मूला कि त ब्रु हवस् साग उसको ।
असनल् हुन्थ्यो धृपुमा नतर यसरी खानु कसरी ।
भुटी ल्यायौ थालमा मकइ तिमिले क्याँत यसरी ॥
Page:Bhanubhaktako ramayan.pdf/257
Appearance
This page has not been proofread
