Jump to content

Page:Bhanubhaktako ramayan.pdf/256

From Nepali Proofreaders
This page has not been proofread


यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् ॥१॥

याँहाँ बसेर कविता यदि गर्न पाऊँ,
यस्देखि सोख अरु थोक म के चिताऊँ ।
उस्माथि झन् असल सुन्दरि एक् नचाऊँ,
खैंचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ ॥२॥


रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।


जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी ।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि ।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।


चालीस्‌ वर्ष भयाँ म पुत्र पनि एक्‌ मात्रै छ आठ् वर्षको,
आयो काल्‌ व्रतबन्धको गरुँ कसो वेला त हो हर्षको ।
क्यारूँ नाथ म ता पर्‍याँ फजितिमा एक्लो ञाहाँ छू फगत्,
कुन्‌ पाठ्ले व्रतवन्ध पार्‌ गरुँ भनी देख्छू अँध्यारो जगत्‌ ॥
गायत्री दिनु बाबुको छ अधिकार्‌ दीक्षा दिनू माइको,
वालक्‌ले पनि वेद्‌ पढीकन सुसार्‌ गर्नू गुरू गाइको ।
यस्तो मुख्य वखत्‌ छ यो अरु छ कुन्‌ काम्‌ पार्‌ लगाई दिन्या,
धेरै विन्ति कती गरूँ चरणमा एकै कुराले छिन्याँ ॥
ख्वामित्‌ आज् हजुर्‌हरू पृथिविमा मालिक्‌ छँदामा पनी,
ब्राह्मण्‌को व्रतबन्ध अड्कन तयार्‌ देख्याँ र मालिक्‌ भनी ।
जाहीरात गर्‍या प्रभू चरणमा जो मजि होला भनी,
कण्ढैसित्‌ भनि मर्जि हुन्छ त भन्या क्यारूँ सहन्छू पनी ॥