१२
गजाधघर् सोतीका घर बुढि अलक्षिन्क रहिछन्,
नरक जानालाई सवसित विदावादि भइछन् ।
गर्यौं सांजमा तिनका घर पिडिमाहां वास गरियो,
निकालीन् सांँजैमा अलिक पर गुज्जान गरियो ॥
१३
ति शालीवाहनका समय षडत्रिशत् भइकन
अनी आषाढ मासको दिन पनि उनन्तिस् गइकन ।
घडी एकतिस्माहा विघटि पनि बत्तिस् परिकन,
नबांशक कण्ठीरब् धनुष परि जो बेस लगन ।॥
मिथुन्मा सबै छन् ग्रुनिलय मीन्का विघु पनी,
महीसुूत् वुध् राह् शशिसदनका इ तिन पनी ।
गुरू भाग्यस्थानका रविभवनमा गैकन वस्या,
भूगूजी ता आफ्नै सदन बृषमा गैकन पस्या ।
मकरमा सौरी छन् ध्वजसहितका स्दगिग्रहि यहाँ,
वतायाका कमूले ग्रहहरु बवस्या कृण्डलिमहाँ ॥
१४
खर् अक्षर् पर भै बिसर्ग तिमिले क्याले गत्चौ लोप् भनी,
कस्ता पण्डित हौ भनेर चिठिमा लेखी पठायौ पनी ।
खर् अक्षर् पर भै विसर्ग तिमिले पो लोप् गन्यौ देखियो,
यस्तै काम् गरि हिँड्दछौ र तव पो उल्लू भनी लेखियो ॥
चैले दाङ् गइ एक् विवाह गरियो भन्न्या पनी लेखियो ।
फेर् तेसै चिठिमा म मर्छु कहिले भन्न्या पनी देखियो ।
आयूको त विचार् विवाह नगरी पैल्हये उचित् हो लिन्या,
उल्लू ह्वौ तिमि उल्लुलाइ अहिले कुन् उत्तरा हो दिन्या ॥
१५
बिर्के टोपी पठाङ भनि खबर हुँदा भेजियाको त टोपी
माधुमा राखृता त सानै भइगयछ अहो ! क्या भयो टूपि छोपी ।
तस्मात् त्यो टोपि हाम्रा घर दिन् वढिया टोपि आर्को पठाई,
नानी खूसी गरमूला मुख गरि हँसिलो लाउला माथ् अटाई ॥
१६
भाषा श्लोक् भनु ता अवश्य अरु ता बुभ्दैन कोई पनी,
संस्कृत् हुन् भनु ता इ शास्त्रिहरुता घेर् छन् अशुद्धा भनी ।
भन्छन् आज ठिमाहका गणितमा तिम्प्रा शिलोक ई गया,
भाषा श्लोक बनाइ राख तिमि नाक् बुढी र बर्गत् भया ॥
Page:Bhanubhaktako ramayan.pdf/258
Appearance
This page has not been proofread
