दिनदिन घरमा जो पाहुना बस्न आया ।
तिनकन नखुवाई आफुले क्यै नखाया ॥
गृहिणी भइ रह्याको यो ठुलो धर्म जान्नु ।
विहक सकि दियाको अन्न भन्या त ठान्नु ॥२५॥
काम्का खातिर जति चीज घर्का दिन्मा झिक्याका थिया ।
रात्रीमा त उ काम् हुुँदैन सब चीज् थन्क्याइ राखी दिया ॥
सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।
लाउन् चोर चकार डाँकुहरुले देख्नै नपनउन् भनी ॥२६॥
छिनि सकि सब धन्दा सासुको पाउ मिच्दी ।
उँघिकन विखबर् भै पाउ मिच्दै त ढल्दी ॥
टहल गरि टहल्ने सासुलाई रिझाई ।
पतिसित तब जावोस् स्त्री टहल् गर्नलाई ॥२७॥
प्राणका नाथ पतिका अगाडी गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखु भरोस् ॥
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चिज छ सो सो दिई ।
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ॥२८॥
आज्ञा माफिक पाउहरुमा मर्दन बहूतै गरी ।
पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम गरी दिन् भरी ॥
यस्तो भो यसरी गर्याँ यति गर्याँ गन्र्या छु यो यो पनी ।
भन्न्या काम कुरो भनोस् पति पनी ई बात सूनुन् भनी ॥२९॥
जति गरि दिनमा काम् सो सबै विन्ति गर्दी ।
मधुर बचन बोल्दी स्वामिको चित्त हर्दी ॥
पतिकन यस रित्ले बातले खुस बनाओस् ।
जब त पति निधाउन् काखमा त्यो निधाओस् ॥३०॥
यति सब बधुशिक्षाका सिलोक् जो बनाञाँ ।
पढीलिनु सबले नारीको हित् जनाञाँ ॥
यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् ।
उभयकुल सँगै ली ती सहज् पार तर्छन् ।३१॥
Page:Bhanubhaktako ramayan.pdf/253
Appearance
This page has not been proofread
